टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु


भक्तपुर ,१ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा बा ५ ख ७९७१ नम्बरको मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।

जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

शिशिर सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन् । ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्दछन् ।
टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्