श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


काठमाडौँ ,२९ फागुन । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौँको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आएका श्रीमान् नवीन राई पक्राउ परेका छन् ।

नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेकोले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिएका छन् ।

हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ । उनलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्