बजुरामा आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट


बाजुरा, २९ फागुन । बाजुराको बूढीगंगा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भई आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज बिहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्ट भएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिएका छन् ।

आगलागीले के कति क्षति पुर्‍याएको भन्ने यकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्