श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


विराटनगर ,२७ फागुन । विराटनगर महानगरपालिका–१२ मलंगवाकी ७० वर्षीया सगुत्री ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ७२ वर्षिय परण ऋषिदेव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो श्रीमान श्रमतीबीच सामान्य घरायसी विवाद भएको थियो ।

मदिरा सेवन गरी घर पुगेका परणले सामान्य विवादमा श्रीमतीलाई दाउराले प्रहार गरेका थिए । दाउरा प्रहारबाट पाँच वर्षयता प्यारालाइसिसका कारण अपाङ्गता जीवन विताइरहेकी सगुत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएको खबर प्रहरीले सोमबार साँझ मात्र पाएको थियो ।

हत्या आरोपमा पक्राउ परेका वृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्