चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरूको आपत्ति


काठमाडौँ ,७ फागुन । नेपालस्थित चिनियाँ दूतावासले ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित लेखलाई आधार बनाएर जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरूले आफ्नो कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेको छ ।

सम्पादकहरूका तर्फबाट बुधवार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख छ । द काठमाडौँ पोस्टले मङ्गलवार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो । सोही लेखलाई लिएर चिनियाँ दूतावासले मङ्गलवार विज्ञप्ति जारी गरेको थियो ।

सम्पादकहरूले ‘कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।’

प्रतिक्रिया दिनुहोस्