ट्रमासेन्टरलाई २ बिघा दिने बेलबारीका मेयरको घोषणा


बेलबारी, ५ पुस / मोरङको बेलबारी नगरपालिकाबेलबारी मेयर ज्ञानेन्द्र सुवेदीले ट्रमा सेन्टर अस्पताल बनाउनका लागि २ बिघा जग्गा दिने घोषणा गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ५मा रहेको कसेनि स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन गर्दै मेयर सुबेदीले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन् ।

बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन आग्रहसँगै मेयर सुबेदीले भने संवृद्ध नगर खुसी नगरवासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन लागेको हुँ । उक्त संस्थासँग यही माघ महिना भित्रनै ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने समेत उनले बताए । उक्त जग्गाको मूल्य २ करोड पर्ने बताइएको छ ।

ट्रमा सेन्टर चोट पटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने टाउको रूपमा लिइन्छ । दुर्घटना वा प्रकोप स्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्‍याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैन मेयर सुबेदीले भने गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पुर्‍याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने रहेछन् । ट्रमा सेन्टर सँगै १५ सया बेडको अस्पताल समेत सञ्चालन गरिने उनले बताए ।

मेयर सुबेदीले यस अघिनै एक सामाजिक संस्थालाई ८ बिघा जग्गा दिई सकेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिई सकेका हुन् । जनयुद्ध स्मृति प्रतिष्ठानले समेत डिपिआर बनाई सकेको छ ।

सङ्ग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिनेछ । सङ्ग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने प्रतिष्ठानका अध्यक्ष सावित्री कुमार काफलले बताए । सङ्ग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने डिपिआरमा उल्लेख गरिएको छ ।

यसै गरी मेयर सवेदिले यसैबर्ष देखी बेलबारीका सबै वडामा स्वास्थ्य चौकीहरू बनाई सक्ने घोषणा समेत गरेका छन् । ११ वडा रहेको बेलबारीमा २,३,६,र १० नम्बर वडामा यसै आवमा स्वास्थ्य चौकीहरू बनाइसक्ने मेयर सुबेदीले उद्घोष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्