गोरखा ,१७ पुस । भारतको जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गएको छ ।
घटनाको केहीबेर अघिसम्म उनी सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा कुरा भएको परिवारका सदस्यले बताएका छन् । गोली चले जस्तो छ, केहीबेरमा कुरा गर्छु’ भन्दै परिवारका सदस्यसँग छुट्टिएका थापाको निधन भएको छ ।
घटनाबारे थाहा पाएपछि अर्जुनका बुवा, बुहारी र ज्वाईलाई लिएर काँकडभिट्टा पुगेका छन् । अर्जुनकी आमाको पहिल्यै मृत्यु भएको थियो । घरमा बुवा, श्रीमती र दिदी मात्र छन् । अहिले अर्जुनको मृत्युको खबरले गोरखा नगरपालिका रिपगाउँ शोकमा डुबेको छ ।