काठमाडौँ , १० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको महालक्ष्मी नगरपालिकामा छापा मारी दुई कर्मचारी नियन्त्रणमा लिएको छ ।
बुधवार साँझ छापा मारी २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
उनीहरूलाई के कसुरमा नियन्त्रणमा लिएको भने बारेमा थप जानकारी आउन बाँकी छ’ प्रवक्ता कोइरालाले बताए ।