सङ्खुवासभाको धर्मदेवीमा आङ्गवुरा फुटबल कप हुँदै : विजेतालाई ५० हजार


विराटनगर, २ पुस / सङ्खुवासभाको धर्मदेवी नगरपालिका ७ मा माघे सङ्क्रान्तिको अवसर पारेर ‘दोस्रो आङ्गवुरा कप’ सेभेन– ए साइड पुरुष खुल्ला फुटबल ’ प्रतियोगिता हुने भएको छ । न्यु युवा क्लबको आयोजनामा पुस २५ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको फाइनल १ गते हुनेछ । विजेताले नगद ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले नगद ३० हजार रुपैयाँ रहेको छ । खेल नकआउटको आधारमा खेलाइने क्लबका संयोजक प्रवीण जिमीले जानकारी दिए ।

प्रतियोगितामा १२ वटा टिमको सहभागी हुने उनले बताए । प्रतियोगिताको उत्कृष्ट गोल किपर, डिफेन्ट, मिडफिल्डर, फरर्वाड तथा सर्वाधिक गोलकर्ता पनि पुरस्कार राखिएको क्लबले जनाएको छ । इच्छुक टिमले माघ २५ गते भित्रमा नाम दर्ता गराउनुपर्नेछ ।

टिम दर्ता शुल्क तीन हजार रुपैयाँ राखिएको छ । फाइनल अगाडी पुस २९ गते मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको साथै सांस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुतिले सहभागीहरूले भरपुर मनोरञ्जन प्रदान लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्