नितेस भए ‘अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय


विराटनगर, २६ मङ्सिर / कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यार्थीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए ।

नेपालबाट प्रतिनिधित्व गर्दै नितेससहित ६ जना सो प्रतियोगिता भाग लिन गएका थिए । नितेस मात्र यो प्रतियोगिताबाट मेडल प्राप्त गर्न सफल भएका हुन् । प्रथम भारतका विद्यार्थी भएका थिए ।

नितेस मोरङको सुन्दरहरैचा नगरपालिका – ३ गछियास्थित माउन्ट मकालु उमाविको कक्षा १० मा अध्ययनरत छन् । आमा उमा र बुवा मुकुन्द गौतमको कोखबाट जन्मिएका नितेस १५ वर्षका छन् । मेडल प्राप्त गरी नितेस बिहीबार स्वदेश फर्किएका छन् ।

उनलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनी अध्ययनरत माउन्ट मकालु स्कुलका प्रिन्सिपल हेमन्त कार्कीसहित ठुलो सङ्ख्यामा विद्यार्थी र शिक्षकहरूले स्वागत गरेका थिए । नितेसले अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको नाम चिनाउन आउँदा गौरवान्वित भएको बताए ।

‘यो प्रतियोगितामा धेरै देशहरूबाट सहभागी भएका थिए,’ उनले भने,‘अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको तर्फबाट मेडल प्राप्त गरी आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छु ।’
फोटो छ ।

प्रतिक्रिया दिनुहोस्