भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण : नेपालको स्वर्ण ५१ पुग्यो


काठमाडौँ ,२४ मङ्सिर । नेपालमा भई रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक हात परेको छ ।

फाइनलमा भएको खेलमा भुटानविरुद्ध नेपालले २ गोल फर्काएर स्वर्ण पदक हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औँ मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएता पनि ३७ औँ मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएको छ ।

दोस्रो हाफमा नेपालले सुनिल बलको उत्कृष्ट हेड गोलबाट विजेता भएको छ ।खेलमा थप गोल हुन नसकेपछि नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।

प्रतिक्रिया दिनुहोस्