दशरथ रङ्गशालाबाहिर दर्शक र रिपोर्टिङको क्रममा पत्रकार प्रहरीद्वारा कुटिए


काठमाडौँ, २४ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को टिकट काट्न आउन दर्शक तथा रिपोर्टिङको क्रममा पत्रकार कुटिएका छन् । मङ्गलबार हुने समापन समारोह र फुटबल फाइनलको टिकटको लागि रङ्गशाला जान कोसिस गर्ने दर्शक कुटिएका हुन ।

दशरथ रङ्गशालाबाहिर मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएकोमा आक्रोशित सर्वसाधारणले प्रदर्शन गरेपछि प्रहरीले कुटपिट गरेको छन् भने प्रदर्शनको रिपोर्टिङको क्रममा रङ्गशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईँलाई प्रहरीद्वारा कुटिएका हुन् ।
रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृश्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मी माथि पनि प्रहरीले हातपात गरेका हुन् । पत्रकार चापागाईँलाई डिएसपी सोमेन्द्र सिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईँलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्यधिक दमन गरेपछि पत्रकार चापागाईँले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको हो ।

‘फोटो खिच्दा मलाई प्रहरीले लाठी, मुक्का र बुटले प्रहार गर्‍यो’ घाइते चापागाईँले भने,‘सागको अन्तिम दिन टिकट नपाएको विरोधमा दर्शक आन्दोलित थिए, प्रहरीले आन्दोलनकारीलाई लछारपछार पारेको फोटो खिच्दा मलाई एस एस राठोर नेमप्लेट लगाएका डिएसपीले कुटेका हुन।’

यसअघि सोमबार पत्रकार सम्मेलन गर्दे राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) मूल आयोजक कमिटीका सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई पछिल्ला दिनभन्दा पनि व्यवस्थित बनाउने बनाउने बताएका थिए । भने रंगशालाको उत्तरी प्यारापिटको १२ हजार सिटमध्ये ८ हजार तथा दक्षिणी प्यारापिटमा पनि २ हजार सिटमध्ये १ हजारमात्र टिकट बेचेको उनले बताए । सबै टिकट सोमबार नै बिक्री भइसकेको थियो ।

आज समापन समारोहको उद्घाटन अघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबिचको फुटबल फाइनल हुनेछ । फाइनल हेर्न आउने दर्शक समापन समारोह पनि हेर्न पाउनेछ ।

(नयाँपेज डटकम)

प्रतिक्रिया दिनुहोस्