नेपाललाई जुडोमा स्वर्ण पदक : पुनमलाई स्वर्ण पदक


काठमाडौँ, २३ मङ्सिर ।  नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा जुडोकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । श्रेष्ठले महिला ७८ केजी तौल समूहमा जितेकी हुन ।

उनले बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितिन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन् । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो ।

प्रतिक्रिया दिनुहोस्