महिला फुटबलमा भारतसँग नेपाल पराजित : साग


पोखरा, २३ मङ्सिर ।  नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ । पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

भरतको जीतको लागि बालादेवीले दुई गोल गरेकी छन् । उनीले खेलको १८ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन । पुनः. ५५ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजयी गरेकी छन् । नेपालको तर्फबाट भने धेरै मौका पाएता पनि गोल गर्न सकेन ।

सागमा नेपालले महिला फुटबलमा २०१० बाट समावेश भएसँग तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारत हराउन सकेको छैन । नेपालले आफ्नो घरेलु मैदानमा भारतलाई हराउँदै स्वर्ण जित्ने सपना यो पटक पनि अधुरो भएको छ ।

प्रतिक्रिया दिनुहोस्