काठमाडौँ, २३ मङ्सिर । पुरुष तर्फ नेपालले जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा कांस्य पदक हात पारेको छ ।
सोमबार मालदिभ्सलाई पाँच विकटेले पराजित गर्दै नेपालले कांस्य पदक जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मालदिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।
नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मालदिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।
उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिएका थिए ।