एपियफ सेमिफाइनलमा : “दोस्रो कुसुमे उद्यौली कप २०७६”


मोरङ, २१ मङ्सिर / केराबारीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” मा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा एपियफले ३–२ गोलको अन्तरले लेटाङ फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

एपियफको तर्फबाट योगेश बुर्जाले एक गोल र आकाश राईले दुई गोल गरेका छन् । लेटाङको तर्फबाट भने मनि राईले दुई गोल गरे ।

लेटाङको तर्फबाट मनिले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको निर्धा्रित समय सम्म लेटाङको अग्रता भएता पनि मनिले फलको कारण १६ मिनेटमा पहँेलो कार्ड र ३० मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिनु नै हारको मुख्य कारण बन्न पुग्यो ।

एपियफको तर्फबाट आकाशले पहिलो हाफको १२ मिनेटमा पहिलो गोल गरे भने लेटाङका मनि खेलबाट बाहिरेसँगै थप समयको २ मिनेटमा योगेशले दोस्रो गोल गरेका थिए । आकाशले दोस्रो हाफको १४ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

 

खेलको म्यान अफ दि म्याच आकाश घोषित भएका छन् । आकाशले रु.१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् । भोलिको खेल बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लब बिच हुने आयोजकले जनाएका छन् ।

                                                           ( एपियफको आकाश को पुरस्कार लिदै )

प्रतिक्रिया दिनुहोस्