दोस्रो कुसुमे उद्यौली कप शुक्रबार हुँदै : खेलमा सबैलाई आयोजकको निम्तो


मोरङ, १९ मङ्सिर / केराबारीमा यही शुक्रबार खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” हुँदै छ । कुसुमे साईनिङ क्लब केराबारी ९ मोरङको आयोजनामा खेल हुन गइरहेको हो ।

क्लबका उपाध्यक्ष हरिबहादुर लिम्बुका अनुसार कार्यक्रमको अन्तिम तयारी सकिएको छ । २०७५ साल देखी उद्यौली पर्वको अवसरमा “कुसुमे उद्यौली कप” लाई निरन्तरता दिइरहेको उपाध्यक्ष लिम्बुले जनाए ।

खेलमा ८ वटा टिमको सहभागिता रहने क्लबका सचिव अमर राईले जनाएका छन् । आयोजक टिम कुसुमे साईनिङ क्लब ,रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब प्रतियोगितामा सहभागी हुने छ ।

प्रतियोगितामा केराबारी गाउँपालिका कार्यालयको सहयोग रहेको क्लबका सचिव अमर राईले बताए । सचिव राईका अनुसार प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । खेलको फाइनल मङ्सिर २६ गते हुने छ ।

प्रतियोगिताको लागि आयोजक फुटबल टिम पनि उत्साहको साथ तयारी गरी रहेका छन् । आफ्नो घरेलु खेल मैदानमा प्रतियोगिताको विजेता नै हुने आयोजक फुटबल टिमको दाउ रहेको छ ।

आयोजक टिम कप्तान किरण तामाङले टिमका खेलाडीहरू मेहनतको साथ निरन्तर प्र्याकटिस गरी रहेको जनाए । प्रतिगितामा खेल्नको लागि टिम नै उत्साहित भएको क्याप्टेन तामाङ बताउँछन् । क्याप्टेन तामाङ प्रतियोगिताको विजेता नै बन्ने टिमको कोसिस रहने बताउँदै खेल हेर्न सम्र्पुण खेल प्रमीहरुलाई निमन्त्रण गर्दछन् ।

मङ्सिर २० गते देखी सुरु हुने “दोस्रो कुसुमे उद्यौली कप २०७६” मा खेल हेर्नको लागि सम्पूर्ण खेलप्रमीहरुलाई उपस्थितिको लागि आयोजकको नै निमन्त्रण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्