करातेमा नेपालकी अनुपमालाई स्वर्ण


काठमाडौँ, १८ मङ्सिर ।  नेपालकी अनुपमा मगरले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन् ।

सातदोबाटोस्थित कराते हलमा आज(बुधवार) भएको खेलमा अनुपमाले एसियन गेम्सकी कांस्य पदक विजेतालाई हराउँदै स्वर्ण दिलाएकी हुन् ।

उनले करातेको ६८ केजी समूहमा स्वर्ण जितेकी हुन् । अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ अङ्कले पराजित गर्दै स्वर्ण जितिन् । सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनाए पनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दे खेल आफ्नो पक्षमा पारिन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कांस्य पदक विजेता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्