अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन प्रधानमन्त्री शाहको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन कडा निर्देशन दिएका छन्। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले शनिवार र आइतबार विशेष अभियान सञ्चालन गर्दै मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि सम्बन्धित निकायहरू तयारी अवस्थामा जुटेका छन्। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने उद्देश्यसहित यो कदम चालिएको बताइएको छ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि शाहले राजधानीका विभिन्न खोला किनारमा बनेका अवैध संरचना हटाउने प्रयास गरेका थिए। कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारका सुकुम्वासी बस्ती लगायतका क्षेत्र पूर्ण रूपमा व्यवस्थापन गर्न भने चुनौती कायमै रहेको थियो।

हाल गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै छोटो अवधिमै प्रभावकारी रूपमा अतिक्रमण हटाउने योजना अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्