नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति : नयाँ केन्द्रीय नेतृत्व सर्वसम्मत चयन


काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले पार्टीको भावी दिशा र संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राख्दै नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

महाधिवेशनको निर्णयअनुसार नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । नयाँ नेतृत्वले पार्टीभित्र वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदाय र क्षेत्रबाट नेताहरू चयन गरिएको छ । महिलातर्फ डिला सङ्ग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र खस–आर्यतर्फ उदय शम्शेर जबरा सहमहामन्त्रीमा चयन भएका छन् ।

त्यसै गरी मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन् । समावेशी नेतृत्व चयनले पार्टीभित्र विविध समुदायको सहभागिता र प्रतिनिधित्वलाई थप बल पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्