१३औँ सागमा नेपालको विश्व कीर्तिमान : एकै दिन १५ स्वर्ण पदक (सुचीसहित/फोटो फिचर)


फोटो : प्रबिन कुलुङ राई –

काठमाडौँ, १६ मङ्सिर / नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा एकै दिन विश्व कीर्तिमानसहित १५ स्वर्ण पदक जितेको छ ।
कराँते र तेक्वान्दाबाट नेपालले ७–७ स्वर्ण जित्न सफल भएको छ भने ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।

 

कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको छ भने तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कांस्य पदक जितेको छ । सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २–२ स्वर्ण जितेका छन् ।

 

१३ औँ सागका स्वर्ण पदक विजेता

 

स्वर्ण पदक

१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
३. कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते (८४ केजीमाथि)(विप्लवलाल श्रेष्ठ
६. कराँते (४५ केजी मुनी)( कुसुम खड्का
७. कराँते (५० केजी मूनि) अनु अधिकारी
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१२. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१३. पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१४. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई
१५. ट्रायथलन – सोनी गुरुङ

रजत पदक

१. कराँते (एकल काता) – चन्चला दनुवार
२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३. कराँते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
कांस्य पदक
१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – जितबहादुर बोट र पार्वती गुरुङ
३. ट्रायथोलन – वसन्त थारु

 

प्रतिक्रिया दिनुहोस्