आइतबारदेखि ‘शेर बहादुर एण्ड सन्तोष कुमारी मेमोरियल कप’ सुरु हुँदै


इटहरी । ‘शेर बहादुर एण्ड सन्तोष कुमारी मेमोरियल कप’ फुटबल प्रतियोगिता हुने भएको छ । संगम स्पोर्टिङ क्लबको आयोजनामा आइतबारदेखि बेलबारी नगरपालिका वडा नं.११ स्थित संगम टोल खेल मैदानमा हुने भएको हो ।

आयोजक संस्थाले प्रतियोगिताको टाइ–सिट पनि सार्वजनिक गरिएको छ । टाइ-सिट अनुसार प्रतियोगिताका आइतबार हुने उद्घाटन खेल कान्तिपुर कलेज र तालतलैया बोईज फुटबल क्लबबिच हुने छ । प्रतियोगितामा पथरी–११ एफसी, धरान सिटी फुटबल क्लब, डागिहाट फुटबल क्लब, एम.एफ.सी इलाम, धुर्ब तारा क्लब, दमक र आयोजक टिमसहित ८ टिम सहभागी रहने छ ।

प्रतियोगिताका सबै खेलहरू दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । संगम स्पोर्टिङ क्लबका अनुसार खेल भावना, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई केन्द्रमा राखेर प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्