सागको दोस्रो दिन नेपालले १५ वटा स्वर्ण जित्यो


काठमाडौँ, १६ मङ्सिर ।  काठमाडौँ जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन सम्म नेपालले १५ वटा स्वर्ण जितेको छ । २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा हात पार्न सफल भएको हो ।

कराँते र तेक्वान्दाबाट नेपालले ७–७ स्वर्ण जित्न सफल भएको छ भने ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।

कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको छ भने तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कांस्य पदक जितेको छ । सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २–२ स्वर्ण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्