कोशी नदीको खतराको तह पार : ५६ वटा ढोका खोल्यो


सुनसरी । सुनसरीको चतरा क्षेत्रमा कोशी नदीले खतराको तह पार गरी बढ्दो क्रममा रहेको छ। असोज १९ गते बिहान ९ बजे अपडेट अनुसार पानीको स्तर ४,३१,५२५ पुगेको छ र अवस्था अझै बढ्दै गएको छ।

नदी किनार र डुबान हुने सम्भावना भएका होचो स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न अथवा जान आग्रह गरिएको छ। हाल खोला नियन्त्रण गेट ५६ वटा खुलेको छ। सम्बन्धित निकायहरूले बाढी जोखिम बढ्ने क्रममा अत्यावश्यक सावधानी अपनाउन र नदी किनारमा नजिक नजान सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्