काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन्। राजधानीमा विरोध प्रदर्शनको स्वरूप तीव्र बनेको छ। आक्रोशित भिडले प्रधानमन्त्रीको राजीनामा माग गर्दै कार्यालयमा आगो लगाएको बताइएको छ।
सोमबारको जेनजि आन्दोलनमा १९ युवाको मृत्यु र ठुलो संख्यामा घाइते भएपछि आजको प्रदर्शन देशव्यापी रूपमा फैलिएको छ। पार्टी कार्यालय अगाडि प्रदर्शनकारीहरूले नारा जुलुस गर्दै सडक अवरुद्ध गरेका छन्। प्रहरी र सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।
राजधानीका विभिन्न स्थानमा प्रदर्शनकारीको संख्या बढ्दै गएसँगै सामाजिक सुरक्षा चुनौती बढेको छ। राजनीतिक विश्लेषकहरूले घटनापछि सरकार र विपक्षबिचको द्वन्द्व अझ गहिरो हुन सक्ने चेतावनी दिएका छन्।
प्रहरी घटनास्थलमा रहेका छन् र थप हिंसा नफैलियोस् भन्ने उद्देश्यले सुरक्षा कडा बनाइएको छ। यसबिच, आम नागरिकले सतर्क रहन र सार्वजनिक स्थलमा अत्यावश्यक कार्य बाहेक नजान आग्रह गरिएको छ।