सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता हुने


मणिराम दाहाल – सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता नगर खेलकुद विकास समितिको आयोजनामा हुने भएको छ । नगरको पचाम खेल मैदानमा हुने पालिका स्तरीय प्रतियोगिता वैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट ८ वटा फुटबल टिमहरूको सहभागिता रहने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगितामा प्रथम हुने टिमलाई रु.४ लाख तथा दोस्रो हुने लाई २ लाखका साथमा ट्रफि मेडल र प्रमाणपत्रका साथमा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको उल्लेख गरे ।

खेलकुदको माध्यमबाट नगरको पहिचान बढाएर खेलाडी माझ सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ रहेको छ ।

प्रतियोगितामा सहभागी टिमहरूमा इटहरी उपमहानगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका , दुहबी नगरपालिका र सुन्दरहरैंचा नगरपालिका रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्