साग महिला भलिबलमा नेपालको विजयी


काठमाडौँ, ११ मङ्सिर ।  नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल खेलमा बंगलादेशलाई हराउँदै विजय भएको छ ।

खेल सुरुवात गर्न पहिले युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तान्तरण गरी खेल उद्घाटन गरेको छ ।

बुधवार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपालले बंगलादेशलाई ३(० को सोझो सेटमा हराएको छ । खेलमा नेपाल २५–९, २५–९, २५–११ ले विजयी भएको छ ।

नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्