मोरङ । नेकपा एमालेको मोरङ अध्यक्षमा अजम्बर राई विजयी भएका छन् । पदाधिकारीमा राईको टिमै विजयी भएको छ ।
राजकुमार ओझासँगको प्रतिस्पर्धामा राईले ४४६ प्राप्त गरेका छन् । ओझालाई भने ४०७ मत खसेको छ । उपाध्यक्षमा राई प्यानलका सागर थापा ४२२ सहित विजयी भएका छन् । शान्ति कुमारी लिम्बुलाई ३९१ मत प्राप्त भएको छ ।
त्यस्तै गरी सचिवमा सोमराज थापाले ४६२ प्राप्त गरे भने रबिन थापाले ३६८ मद प्राप्त गरेका छन् । उपसचिवमा सन्तोष बान्तवा १७९ मतान्तरले इजालाल राजवंशीलाई पराजित गरेको छ । बान्तवाले ४९० प्राप्त गरे भने राजवंशीले ३११ मत प्राप्त गरेका छन् ।
त्यस्तै उषा झा महिला उपसचिवमा ४०८ प्राप्त गर्दै विजयी भएकी छन् । झाका प्रतिद्वन्द्वी शिल्पा कार्कीले भने ४०५ प्राप्त गरिन । ३ मतको अन्तरले मात्र झाले विजय हासिल गरेकी हुन । सदस्यहरूको मतगणना जारी रहेको छ ।