तेस्रो मच्छिन्द्र फुटबल कपको उद्घाटन खेलको विजेता पानवारी फुटबल क्लब


केराबारी । तेस्रो मच्छिन्द्र फुटबल कपको उद्घाटन खेलको विजेता पानवारी फुटबल क्लब, धरान भएको छ । शनिवार केराबारी गाउँपालिका वडा नं.८ स्थित केराबारी रङ्गशालामा भएको उद्घाटन खेलमा पानवारीले रारा फुटबल क्लब, धनकुटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पानवारीका जर्सी नं.७ का खेलाडी अर्जुन लिम्बुले पहिलो हाफको २४ मिनेटमा गोल गरेका हुन । लिम्बुको सोही गोल नै निर्णायक बन्न पुग्यो । खेलको निर्धारित समयसम्म पानवारी विरुद्ध राराले गोल फर्काउन नसक्दा प्रतियोगितामा यात्रा टुङ्गिएको छ ।

खेलको मेन अफ द म्याच पानवाराका जर्सी नं.११ का खेलाडी अर्बिन राई घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् । भोलीको खेल आयोजक टिम केराबारी फुटबल क्लब र राष्ट्रिय जागृति क्लब, इटहरीबिच हुने छ ।

विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.३ लाख नगद पुरस्कार र उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख ५० हजार प्राप्त गर्ने छन् । तेस्रो मच्छिन्द्र फुटबल कपको औपचारिक उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरद्वारा भएको हो ।

फोटो – शिशिर राई

प्रतिक्रिया दिनुहोस्