कानेपोखरी गाउँपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाए (फोटो फिचर)


कानेपोखरी । कानेपोखरी गाउँपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको छ । उक्त अवसरमा बुधवार रक्तदान कार्यक्रम, दीप प्रज्वलन साथै सचेतना प्रदान गर्ने गन्दर्भ गीत प्रस्तुति र र्याली गरी गाउँपालिकाले मनाएको हो ।

गन्दर्भ गीतमार्फत सचेतना प्रदान गर्नुको साथै “समुन्नतिको बाटो रोज्न सबै आप्रवासी एकजुट हुन जरुरी छ”, “हरेक कामकुरामा आन्तरिक सरसल्लाह गरौँ, “पारिवारिक विखण्डन दरलाई घटाऊ, “रोजगार सेवा केन्द्रमा गई व्यवसाय विकास, रोजगार र सीप विकास सम्बन्धी सहयोग लिऔँ”, “साना उद्यममा लगानी, भविष्यको लागि उचित आम्दानी गरौँ” भन्ने आग्रह गर्दै र्याली गरिएको थियो ।

रक्तदान कार्यक्रममा १८ प्रिन्ट रगत सङ्कलन भएको छ भने र्याली कानेपोखरी ६ रमाइलो प्रमुख बजार क्षेत्र परिक्रममा गरी गाउँपालिकाको कार्यालय भवनको प्राङ्गण पुगी कोण सभा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक रोजगारमा जानु भन्दा अगाडी सुरक्षितपूर्वक कसरी जाने र फर्केर पछि कसरी व्यवस्थापन गर्ने भन्ने सचेतना प्रदान गर्ने उद्देश्यले आप्रवासी कामदार दिवस कार्यक्रम गरिएको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले जनाइन ।

गाउँपालिका स्तरबाट पूर्ण रोजगार दिएर वैदेशिक रोजगारमा जानेहरूलाई रोक्न नसके पनि आवश्यक सिपमूलक तालिमको साथै कानुनी सल्लाह प्रदान गरिरहेको इङ्गनाम बताउँछिन् । यसको लागि २० प्रतिशत गाउँपालिका र ८० प्रतिशत संघको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको इङ्गनामले जनाइन । सङ्घीय सरकारले रोजगारको व्यवस्था गरेर युवाहरूलाई विदेश जानबाट रोक्नु पर्ने बताइन । उनी भन्छिन्, ‘कति ठाउँमा मलामी जानलाई पुरुषहरू पनि हुदैन् । नफर्किने युवाहरु परिवारनै छोडेर विदेशिनेको लाहर बडेको छ । बुवाआमाको निधन भएको पनि छोराछोरीलाई थाहा नहुने वातावरण हुदैछ । युवा शक्तिलाई देशमानै व्यवस्थापन राज्यले गर्नु सक्नु पर्छ ।’

श्रम स्वकृतीको लागि काठमाण्डौँ जानु पर्ने बाध्यताको अन्त्य भएको छ । पालिकामा नै उक्त कार्यको सुविधा सुचारु छ । २०८० बैशाख १ गते देखी रोजगार केन्द्रदेखी वैदेशिक रोजगारमा जानको लागि श्रम स्वकृतीको कार्य कानेपोखरी गाउँपालिकामा पनि सञ्चालन भइरहेको रोजगार संयोजक सुशिलाकुमारी धिमालले जनाइन ।

श्रम स्वकृती नगरी जादा वैदेशिक रोजगारको सचिवालयबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुने भएकोले श्रम स्वकृती अनिर्वाय गर्न धिमालले आग्रह गरेकी छिन । धिमालका अनुसार आर्थिक सहयोग, खोजतलास, शव फिर्ता ल्याउने कार्य, छात्रवृत्ती लगायतको सुविधा रहेको छ । रेमि परियोजना शाखाका रोजगार परामर्शकर्ता रमेश अधिकारीका अनुसार कानेपोखरीमा पहिलो पटक अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको हो । वैदेशिक रोजगारमा जादा सुरक्षित बाटो अपनाउने प्रकृया सिकाउन तथा आयआर्जनको सुरक्षित लगानी गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम गरिएको अधिकारीले बताए ।

कार्यक्रम कानेपोखरी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं.६ का अध्यक्ष खडग बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कानेपोखरी गाउपालिका बैदेशिक रोजगारबाट फर्केका नागरिकलाई कसरी आफ्नौ ठाउँमा सोरोजगार बनाउन सकिन्छ भने गम्भिर पुर्वक लागि परेको बताए । सबै नागरिकलाई रोजगार दिएर बैदेशिक रोजगारमा नै जानु पर्ने बाध्यताको अन्त्य गराउने चाहाना छ । तर सम्भाव नभए पनि कोसी गरिरहेको बस्नेतले बताए ।

फोटो फिचर – शिशिर राई

प्रतिक्रिया दिनुहोस्