बेलबारीमा असोज २५ गते देखी बेलबारी महोत्सव लाग्ने


बेलबारी । बेलबारीमा बेलबारी महोत्सव लाग्ने भएको छ । बेलबारी प्लसको आयोजनामा असोज २५ गते देखी कार्तिक ९ गते सम्म वडा नं.३ मा महोत्सव लाग्ने भएको हो ।

आयोजकले आइतबार बेलबारी वडा नं.३ मा रहेको ड्रिम ल्यान्ड फन पार्कमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हुन । बेलबारी प्लसलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले महोत्सव गर्न लागेको कार्यक्रमका संयोजक हरि गुरुङले जनाएका छन् ।

बेलबारी प्लसका सचिव चित्र खड्काका अनुसार महोत्सवको आयले संस्थाले लागु औषध विरुद्धको सचेतना कार्यक्रम गर्ने छ । साथै दुर्व्यसनमा फसेका, आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुधार केन्द्रमा निःशुल्क उपचारको व्यवस्था गर्ने खड्काले बताए ।

आयोजकका अनुसार रचना रिमाल, पूर्ण राई, मेलिना राई लगायतको राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने।

प्रतिक्रिया दिनुहोस्