सिसौली यूथ क्लबद्वारा पहिरोमा परी मृत्यु भएका ६ जना बाल खेलाडीहरूलाई श्रद्धाञ्जली अर्पण


बेलबारी । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा शनिवार आएको भीषण पहिरोमा परी मृत्यु भएका ६ जना बाल खेलाडीहरूलाई सिसौली यूथ क्लब बेलबारीले एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । आज आइतबार साँझ बेलबारी नगरपालिका वडा नं.१ स्थित सिसौली खेल मैदानमा ६ जना बाल खेलाडीहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन ।ब्यानरमा भावपूर्ण श्रद्धाञ्जली लेखेर ६ जनाको फोटो पनि राखेका थिए । साथै श्रद्धाञ्जली अर्पण गर्दै सिसौली यूथ क्लबले बेलबारीका खेलाडी तथा युवाहरूको उपस्थितिमा मृत बाल खेलाडीहरूको नाममा मैनबत्ती बालेका थिए ।

पहिरोमा परी दिवस बानिया, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम धलान, विकल रेग्मी र आदित्य बालमपाकीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्