कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो । काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिनुभयो । काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्