काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरूको मृत्युको कामना गर्दै पूजा गरे पछि धार्मिक अभियन्ता तथा ज्योतिषी भनेर चिनिने पुष्कर खतिवडा पक्राउ परेको छ । खतिवडाले दलका शीर्ष नेताहरूको तस्बिर राखेर एक धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाट पक्राउ गरेको हो ।
पक्राउ बारे खतिवडा आफैले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भए लगत्तै उनले भिडिओ पोस्ट गरेर नेताहरूको कारण देश सङ्कटमा परेको बताउँदै मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन आग्रह गरेका थिए ।