बेलबारी नगरपालिकाद्वारा धिमाल प्रथम जाति व्यवस्थापन समितिलाई तानबुन्ने मेसिन प्रदान


बेलबारी । बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइको लागि तानबुन्ने मेसिन प्रदान गरेको छ । सोमबार बेलबारी २ स्थित तिधारेमा तानबुन्न मेसिनको औपचारिक उद्घाटन गरिएको छ ।

मेसिनको औपचारिक उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइरालाले गरेकी हुन । रु.३ लाख ६० हजार बराबरको २ थान मेसिन र आवश्यक दागो, कपडा अन्य सिलाई बुनाइमा आवश्यक पर्ने सामाग्री नगरपालिकाले सहयोग गरेको धिमाल प्रथम जाति व्यवस्थापन समिति, बेलबारीको अध्यक्ष रुकमणी धिमालले जनाइन ।

प्रतिक्रिया दिनुहोस्