सर्पको टोकाइबाट बेलबारी ४ की १० वर्षकी भूमिका कार्कीको मृत्यु


बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको विषालु जीवको टोकाइबाट मृत्यु भएको छ । बेलबारी ४ निवासी वर्ष १० की भूमिका कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा  थाहा नपाई कुनै जीवले ठुँगे पछि बिरालोले नङ्ग्र्यायो भनी बालिका चिच्चाउँधै बाहिर निस्किएर कराए पछि भूमिकाकी परिवार र छेमेकी मिलेर उपचारको लागि बेलबारीमा रहेको बेतना सर्पदंश उपचार केन्द्र पुराइएको थियो । बेतना सर्पदंश केन्द्रमा उपचार हुन नसके पछि विराटनगरको कोशी अस्पताल पुराइएको थियो । तर कोशी अस्पताल पुग्ने साथ वालिकाको मृत घोषण भएको प्रहरीले जनाएको छ ।

कोशी अस्पतालले पनि मृतक वालिकाको स्वास्थ्य जाँचमा विषालु सर्पको टोकाइबाट मृत्यु भएको मौखिक जनाकारी दिएको छ । कोशी अस्पतालले भने अनुसारै वालिकाको घरमा पनि गोमन सर्प फेला पारी गाउँलेले मारेका छन् । पोष्टमार्टम रिपोट भने आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

यस बेला बर्सातको समयमा सर्प जमिनमा निस्किएको हुन्छन् । आफ्नो बालबच्चा र स्वयम अभिभावक पनि काम गर्दा वा हीन-डुल गर्दा यस बेला सर्पसँगै अन्य विषालु जीवहसँग जोगिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्