२० वर्षका शुसन राई मृत्युसँग लड्दै : सहयोग गर्न राई परिवारको अपिल


बेलबारी । मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नं.३ निवासी शुसन खालिङ राई यती बेला मृत्युसँग लडाई लडिरहेको छ । शुसनको दुवै मृगौलाले काम नगर्ने भए पछि उनी जिउनको लागि सङ्घर्षमा छन् ।

शुसन मात्र २० वर्ष पुगेका छन् । यस उमेरमा केही गर्यौ परिवारको भरोसा बनौँ भन्ने बेला शुसन मृत्युको मुखमा पुगेका छन् । यस बेला बुवा दशरथ खालिङ राई र आमा मनिका राईलाई बज्रपात परेको छ ।

छोरालाई बचाउन बुवा दशरथ र आमा मनिकाले सबैलाई गुहारी रहेका छन् । काठमाडौँ स्थित वीर अस्पतालमा उपचारको क्रममा घरबाट लगेको रकम सकिसकेको छ । ऋण काढेर छोराको उपचार गरिरहेको मनिकाले बताइन । उनी भन्छिन्, ‘के गरेर बचाउनु । सम्पत्तिको नाममा एउटा घर मात्र रहेको बताउँछिन् ।’

शुसनको छोरी २ वर्षकी भइन । श्रीमती पनि १८ वर्ष मात्र पुगेकी छिन । सानै उमेरमा विवाह गरेर परिवारकी जिम्मेवारीबाट बाँधिएका शुसनको बेलैमा पूर्ण उपचार नभए आमा बुवाले छोरा, श्रीमतीले श्रीमान् र छोरीले बुवा गुमाउने छिन ।

उपचार ढिलो हुँदै गए उनलाई बचाउन झन् कठिन हुने छ । छोरा बचाउन बुवा दशरथ र आमा मनिकाले सबैलाई सहयोगको अपिल गरिरहेका छन् भने स्वयम शुसन र उनको श्रीमती लक्षा धिमाल राई पनि आर्थिक सहयोगको लागि आग्रह गरी रहेका छन् ।
तपाई हाम्रो सानो सहयोगले कसैको छोरा, श्रीमान र बुवालाई बचाउन सकिन्छ भने सबै मिलेर प्रयत्न गरौँ ।

प्रतिक्रिया दिनुहोस्