नेकपा एकीकृत समाजवादीले ‘प्रचण्ड’ लाई विश्वासको मत दिने


काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रवार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथ दिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्