पहिचान नखुलेको सुन्दरहरैँचा ४ मा एक युवा मृत अवस्थामा भेटियो


सुन्दरहरैँचा । सुन्दरहरैँचामा एक युवा मृत अवस्थामा फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.४ स्थित त्रिवेणी रिसोर्ट जाने भित्री खण्डमा करिब ३० वर्षमा एक युवकको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार आज मङ्गलवार दिनको करिब ५ः३० बजे साइकलबाट लडी बाटोको पैनीको भाग तर्फ डुबेको अवस्थामा शव फेला परेको हो । मृत युवाको पहिचान खुल्न सकेको छैन ।

स्थानीयद्वारा प्रहरीलाई सूचना प्रदान भए पछि घट्न स्थल पुगेर शवको जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि धरानको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उक्त युवाको पहिचान नखुलेकोले कोही आफन्त सम्पर्कमा अहिलेसम्म नआएको प्रहरीले जनाएको छ । मृत युवाको उचाइ करिब ५ फिट इन्च, पातलो शरीर, वर्ण गहुँगोरो, पातलो दाह्री जुँगा भएको, गाढा पहेलो रङ्को भेस्ट र निलो जिन्स पेन्ट लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्