कानेपोखरी गाउँपालिकाद्वारा ५०% अनुदानमा रु.९ लाख ९० हजार बराबरको कृषि उपकरण वितरण


कानेपोखरी । कानेपोखरी गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले रु.९ लाख ९० हजार बराबरको चाप कटर (कुटी काट्ने) मेशिन, काउम्याट, ह्वीलब्यारो ५० प्रतिशतमा कृषि उपकरण वितरण गरेको हो ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले कृषि उपकरण विवरण गर्दै कृषकहरूलाई उपकरणको सदुपयोग गरेर कृषि व्यवसायमा अधिकतम लाभहोस भन्ने शुभकामना प्रदान गरिन । इङ्गनामका अनुसार विगतमा कृषि उपकरण खरिदको लागि गाउँपालिकाले नगद प्रदान गर्दै आएको थियो तर यस वर्ष भने अनुदानमा उपकरण नै वितरण गरेको छ । इङ्गनामले हजारौँ कृषकहरूबाट पनि गाउँपालिकाको स्रोतको अभावको कारण सीमित कृषकहरूलाई मात्र उपकरण अनुदानमा सहयोग गर्नु पर्ने बाध्यता भएकोले कोही पनि सुविधाबाट वञ्चित नहुन र कोही पनि नदोहोरिउन् भन्ने विषयमा ध्यान दिएर कृषि उपकरण वितरण कार्यक्रम गर्न पशु सेवा शाखालाई निर्देशन दिएकी छिन ।

कानेपोखरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष सुशील बुढाथोकीले अनुदानमा उपकरण प्राप्त भए पछि दुरुपयोग नगर्न आग्रह गरेका छन् । बुढाथोकीका अनुसार विगतमा उपकरण पाए पछि प्रयोग नगर्ने अनि अर्कालाई बिक्री गरेको पनि भेटिएको थियो । बुढाथोकीले वास्तविक कृषकले कहिले त्यस्तो गर्नु नहुने बताउँदै अधिकतम सदुपयोग गरेर लाभ लिन आग्रह गरेका छन् । आधुनिक कृषि व्यवसायबाट अधिकतम लाभ गराउन कृषकहरूलाई प्रोत्साहन गर्दै यान्त्रीकरणको विकासको उद्देश्यसहित गाउँपालिकाले अनुदानमा कृषि उपकरण सहयोग गर्दै आएको बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्