सिद्धार्थ स्कुलद्वारा स्टुडेन्ट काउन्सिलको निर्वाचन सम्पन्न


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले निर्वाचनमार्फत स्टुडेन्ट काउन्सिल गठन गरेको छ । एक हप्ता लामो निर्वाचन प्रक्रियाबाट विद्यालयको कक्षाको क्याप्टेन र उपक्याप्टेन निर्वाचित भएका छन् ।

स्कुलका सह-प्रधानाध्यापक जे.वि राईका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थी उम्मेदवार र मतदाता रहेको निर्वाचनमा कक्षा ९ का सङ्कल्प पौडेल र फुङ्मा लिम्बू क्याप्टेन निर्वाचित भएका छन् । त्यसै गरी कक्षा ६,७ र ८ बाट क्रिस्चल गौतम, अकेसा अधिकारी, कोकोली लिम्बू, विवेक भुर्तेल, आविष्कार दाहाल र आराध्या न्यौपाने उपक्याप्टेनमा निर्वाचित भएका छन् ।

विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतका अनुसार विद्यार्थीलाई निर्वाचन प्रक्रिया सम्बन्धी ज्ञान पनि दिने उद्देश्यले एक हप्ता लामो निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो । काउन्सिलले वर्षभरि विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सहजीकरण गर्ने र विद्यार्थीको नेतृत्व गर्ने जानकारी विद्यालय प्रशासनले दिएको छ । निर्वाचित काउन्सिलका विद्यार्थीहरूलाई मङ्गलवार प्रार्थनासभामा बस्नेतले ब्याज वितरण गर्दै काउन्सिलको कर्तव्य र अधिकार बारे निर्देशन गरेका थिए

प्रतिक्रिया दिनुहोस्