विश्व वातावरण दिवसमा एकता बचत तथा ऋण सहकारी संस्था र बेलबारी जेसिसद्वारा श्रमदान तथा वृक्षारोपण


बेलबारी । विश्व वातावरण दिवसको अवसरमा एकता बचत तथा ऋण सहकारी संस्था बेलबारी र बेलबारी जेसिसले बेलबारी बहुमुखी क्याम्पसमा श्रमदान तथा वृक्षारोपण गरेको छ । एकता बचत तथा ऋण सहकारी र बेलबारी जेसिसले आ–आफ्नो संस्थाको आयोजनामा बेलबारी नगरपालिका वडा नं.३ स्थित सुन्दरशान्ति टोलमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा बुधवार श्रमदान तथा वृक्षारोपण कार्यक्रम गरेको हो ।

क्याम्पसको विकासमा टेवा पुराउने उद्देश्यले विश्व वातावरण दिवसको अवसरमा एक सय सुपाडीको बिरुवा रोपेको एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनु राईले जनाएकी छिन । बेलबारी जेसिसले ९० वटा सुपाडीको बिरुवा रोपेको अध्यक्ष प्रशान्त निरौलाले जनाएका छन् । साथै सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी सङ्घ नेपाल बेलबारी र गेन्थुगे बचत तथा ऋण सहकारी संस्थाले पनि संयुक्त रूपमा १ सय सुपाडीको बिरुवा रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस्