गुरुकुल पाठशालाद्वारा कक्षा १० सम्म अध्ययन गर्न लिओनलाई १००% छुट


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ मा रहेको गुरुकुल पाठशाला मा.विले छात्रवृत्तिको घोषण गरेको छ । गुरुकुल पाठशालाले बेलबारी ३ का स्वर्गीय विकास गुरुङका छोरा लिओन गुरुङलाई नर्सरी देखी कक्षा १० सम्म निःशुल्क पढाउने छात्रवृत्तिको घोषण गरेको हो ।

शुक्रवार दीक्षित तथा स्वागत कार्यक्रममा सो घोषण गरेको हो । विकासको केही वर्ष अगाडि मात्र क्यान्सरबाट निधन भएको थियो । गुरुकुल पाठशालामा १०० प्रतिशत छुट हुने गरी पठनपाठन गराउने छात्रवृत्ति घोषण पत्र लिओनका आमा शोभा गुरुङलाई सांसद ज्ञानेन्द्र सुवेदीले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्