बेलबारी बहुमुखी क्याम्पस फाइनलमा प्रवेश


बेलबारी । बेलबारी बहुमुखी क्याम्पस यचएफसी खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । बेलबारी नगरपालिका वडा नं.११ स्थित लक्ष्मीमार्गमा जारी प्रतियोगिताको शनिवार भएको अन्तिम सेमिफाइनल खेलमा डागिहाट यूथ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

क्याम्पसले २–१ गोलको अन्तरले डागिहाटलाई पराजित गरेको हो । क्याम्पसको तर्फबाट सुरुवाती गोल अभिषेक बस्नेतले गरेका थिए । डागिहाटको तर्फबाट आशिष् मगरले गोल गरेर खेल बराबरी पुराएका थिए । तर क्याम्पसका खेलाडी सुशील कार्कीले थप गोल गरे पछि २–१ गोलको अन्तरले खेल सकिएको थियो ।

विजेताले रु.२५ हजार र उपविजेताले रु.१५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिता हाइवे फुटबल क्लब, बेलबारी ११ को आयोजनामा भइरहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्