छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण


सुन्दरहरैँचा । छहारी एजुकेसन एण्ड अपरच्युनिटीज केटिएम तथा छहारी इंक युएसएद्वारा छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० मा रहेको कोशी बुक्स एण्ड नेफोलीक ट्रेडेसको होलसेल तथा रिटेल पसलको प्राङ्गणमा शनिवार विपन्न परिवारका ३८ जना बालबालिकालाई वितरण गरेको हो ।

छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक राजेन्द्र थापाले द राइजिङ इङ्ग्लिस, सुन्दरहरैँचा वडा नं.१० का ३८ विद्यार्थीलाई वितरण गरेका थिए । थापाका अनुसार विपन्न परिवारको पहिचान गरी सोही परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुको साथै शैक्षिक सामाग्री वितरण गरेको हो । करिब ३ वर्ष देखी वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको थापाले जनाएका छन् ।

४८ जनालाई फिल्टर पनि वितरण गरेको थापाले बताए । छहारी एजुकेसन एण्ड अपरच्युनिटीज केटिएम तथा छहारी इंक युएसएको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएको थापाले जनाएका छन् । अपाङ्ग भएका बालबालिकालाई स्वास्थ्य उपचार पनि गराउने योजनामा रहेको थापाले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्