खेलकुद विकास समितिमा लामाले गरे पदभार ग्रहण


उर्लाबारी । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इन्द्र लामा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लामाले एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

अध्यक्ष लामालाई आइतबार खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोख्रेललगायतले कार्यकक्षमा स्वागत गरेका थिए । लामा लामो समयदेखि कराँतेमा आबद्ध रहँदै आउनुभएको छ । उहाँ माओवादी कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले मोरङको खेलकुदको विकासका लागि आफू हरदम लागिरहने बताउनुभयो । ‘हामी नेतृत्वमा आएपछि कुनै पनि पक्ष भनेर लाग्नु हुँदैन’ लामाले भन्नुभयो – ‘खेलकुदको विकासका लागि सबैसँग समन्वय गरेर, सबैको सल्लाह अनुसार नै अगाडि बढ्ने छु।’ उर्लाबारी ९ निवासी लामा सितोरियो कराँते संघ मोरङका कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्