कानेपोखरी गाउँपालिकाले मनायो सहकारी दिवस


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मङ्गलवार पालिका अध्यक्ष राजमती इङ्गनाम, निर्वतमान अध्यक्ष तथा सहकारी विज्ञ कार्यक्रमका प्रमुख अतिथि तारा बहादुर काफ्ले, कार्यपालिका सदस्यहरू, सहकारी संस्थाका सञ्चालक, कर्मचारी लगायतको सहभागितामा नगर परिक्रमा गरी मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काफ्लेले सहकारीका बारेमा विश्व र नेपालको अवस्था बारे जानकारी गराउँदै , स्थापना देखि हालसम्मको अवस्थाबारे टिप्पणी राखेका थिए । काफ्लेले भने ‘हाल मोरङमा ३० हजार भन्दा बढी सहकारी संस्था रहेका छन् तर नियमन अनुगमनको कमी रहेको छ । अब स्थानीय तहले यो काम गर्नपर्छ ।’

पालिकाका प्रवक्ता तथा वडा २ का अध्यक्ष सुशील बुढाथोकीले गाउँ गाउँमा सहकारीबारे जनचेतना फैलाउन आवश्यक रहेको र सहकारीमा भएको ब्यतिथी अन्त्य गर्न आर्थिक पारदर्शिता अनिवार्य हुनु पर्ने बताए । उनले सहकारी संस्थाहरू गरिबी निवारण र आर्थिक रूपमा सबलीकरण गर्ने रहेकाले माथिल्लो भन्दा पनि तल्लो तहका स्थानीय स्तरमा रहेको स्वच्छ, अनुशासित सहकारीको आभास हर्न संस्थाहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्गनामले सहकारी दिवसको शुभकामना व्यक्त गर्दै आगामी वर्ष सहकारी क्षेत्रको विकाससँगै अझै भव्य मनाउने प्रतिबद्धता समेत गरेकी छिन । कार्यक्रम अध्यक्ष राजमती इङ्गनामको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्