बेलबारीबाट ट्रकमा साढे ३ लाख मूल्यको अवैध काठ ओसार्दै गरेको बेला ५ जना पक्राउ


बेलबारी । बेलबारीमा अवैध काठसहित ५ जना पक्राउ परेको छ । बेलबारी नगरपालिका वडा नं.१ मा विभिन्न जातको अन्दाजी ११० किबि करिब रु.३ लाख ५२ हजार बराबरको अवैध चिरान काठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको टोलीले भे १ ख ३२१९ नं.को ट्रकमा लोड गरी काठ ल्याउने क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बेलबारी १ को बुधबारे भित्री सडक खण्डमा बुधबारेबाट सुनसरी खनार तर्फ काठ ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।

पक्राउ पर्नेमा ट्रक चालक सुन्दरहरैँचा नगरपालिका १० निवासी वर्ष ४४ का यम बहादुर दनुवार र वर्ष २९ का नारान न्यौपाने साथै सुनसरीको दुहबी नगरपालिका ९ बस्ने वर्ष ६० का सचाई ऋषिदेव, वर्ष २९ का टिलु ऋषिदेव र वर्ष २३ का अबताव आलम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्