नेपाली काँग्रेस वडा कार्यसमिति बेलबारी २ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


बेलबारी । नेपाली काँग्रेस वडा कार्यसमिति बेलबारी २ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रवार नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरको सहकार्यमा बेलबारी २ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।स्त्री रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, दन्त चिकित्सक र जेनेरल विशेषज्ञ सेवा निःशुल्क प्रदान गरेको नेपाली काँग्रेस वडा कार्यसमिति बेलबारी २ उपसभापति दीपक लिम्बुले जानकारी दिएका छन् । लिम्बुका अनुसार सयौँको संख्यामा स्थानीयहरूले स्वास्थ्य उपचार गराएका छन् ।लिम्बुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने नोबेल अस्पताल साथै स्थानीयलाई धन्यवाद व्यक्त गरेका छन् । लिम्बुले भने, ‘सम्पूर्ण स्वास्थ्य शिविरमा खटिनु हुने नोबेल अस्पतालका डाक्टर, शिविर सञ्चालनमा सहयोग गर्नुहुने सङ्गठनका अग्रज तथा कार्यकर्ता साथीहरू र प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्मा र हल प्रदान गर्नुहुने नेपाली काँग्रेस महासेनानी ढाका प्रसाद सेडाईका छोरा नगर नेपाली काँग्रेसका नगर सदस्य समेत रहनुहुने राजेन्द्र सेडाईलाई विशेष धन्यवाद प्रदान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्