बेलबारी यूथ क्लबद्वारा होली कार्यक्रम सम्पन्न : कार्यक्रम सकिए पछि युवाहरू सरसफाइमा लागिरहे


बेलबारी । बेलबारी यूथ क्लबको आयोजनामा होली कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं.३ स्थित पुरानो मालपोत चौकमा सोमबार होली पर्वको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा द्रव्य ब्यान्ड, तथास्तुसहित स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । होली पर्वको अवसरमा विगतका वर्षहरू भन्दा कम होली विशेष कार्यक्रमहरू भएकोले उक्त कार्यक्रममा युवाहरूको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाए । एकै पटक युवाहरूको सहभागिता निरन्तर नरहे पनि करिब ५ हजार भन्दा बढी युवाहरूको कार्यक्रममा आवतजावत भएको आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न पछि भने युवाहरूबाट एक सन्देश मूलक कार्य देख्न पाइएको थियो । विभिन्न अवसरमा कार्यक्रमहरू गर्ने तर उक्त स्थल फोहोर बनाएर स्थानीयलाई हैरान बनाउने संस्कार विरुद्ध युवाहरूले सरसफाइ कार्यक्रम गरेका थिए । कार्यक्रम सकिदा रात परिसकेको थियो तर युवाहरू सरसफाइमा लागिरहे । सरसफाइ पछि मात्र उनीहरू कार्यक्रम स्थलबाट फर्किए ।

आयोजकसँगै कार्यक्रममा सहभागी भएका स्थानीय युवाहरूले उक्त स्थल सरसफाइ गरेका थिए । सरसफाइ पूर्ण नभएर पुनः भोली पनि गर्ने आयोजक साथै स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्